काठमाडौं- नमस्कार म शिशिर भण्डारी..भरतपुर महानगरपालिका वडा नं १५ का ढाका मोहन रानाभाटको घरमा यतिबेला ठुलो बज्रापात परेको छ । कतार गएको २२ बर्षको छोरा बिनोद रानाभाट यतिबेला कतारको जेलमा छन् । गर्दै नगरेको हत्याको आरोपमा बिनोद ३० महिनादेखि कतारको जेलमा नरकिय जीवन बिताईरहेका छन् । जनरल क्लिनरमा काम गर्न कतार गएको केहि महिनामै एक भारतिय साथीलाई हस्पिटल लैजान लाग्दा उनी नै हत्याको आरोपमा जेल परे ।

आफ्नो देश, आमा र परिवार सम्झेर आंशु पिईरहेका बिनोदलाई नेपाल झिकाउन मृतक भारतियको परिवारले २ लाख ६० हजार कतारी रियाल व्लड मनी मागेको छ । अर्थात नेपाली रकम ८२ लाख भएमात्र मोहनलाई देश फिर्ता गर्न सकिन्छ । हामी नेपाली मिलेर सबैले सहयोग गरे, मोहन चांडै नै नेपाल फिर्ता हुनेछन् ।

यो परिवारको आंशुलाई हेरेर सबैले सहयोग गरौं । बिनोदलाई आफ्नै छोरानाती सम्झेर सबैले सहयोग गरौं । एउटा निर्दोष नेपालीलाई बिदेशमा फांसीको सजाय हुनबाट बचाऊं, म शिशिर भण्डारी सबैलाई दुई हात जोडेर बिन्ती गर्दछु । सहयोग गर्नका लागि म शिशिर भण्डारीलाई ९८११००६९२९ मा सम्पर्क गर्नुहोला- हेर्नुहोस, यस्तो दर्दनाक भिडियो..बिनोदले आमालाई रुदै फोन गरे र भने, आमा म बाँच्न चाहन्छु मलाई बचाउनुहोस ।

https://youtu.be/zoHtpCSylvY

तपाईंको प्रतिक्रिया दिनुस्

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार