७ असार, चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्किएका हुन् ।
घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सल्लेरी खबर
माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।
https://youtu.be/9GTAOdfnWgE







