काठमाडौँ । विभिन्न कार्ड प्रयोग गरि एटिएमबाट पैसा निकाल्ने राजु कुमार पाण्डे पक्राउ परेका छन् । बारा जिल्लाको पिपरपानी वडा नं ७ स्थायी घर भै काठामाडौँ महानगरपालिका वडा नं ३१ शंखमुल बस्ने ३३ वर्षीय पाण्डेले राष्ट्रिय वाणिज्य बैंकको बिभिन्न स्थानमा राखिएको एटिएमबाट अनाधिकृत र गैह्रकानूनी रुपमा २० लाख भन्दा बढि रकम निकालेका हुन् ।
पाण्डेको साथबाट गोल्डेन कलरको सादा कार्ड थान, प्रभु बैक को सिसिर भण्डारीको नामको भिषा कार्ड एक थान, स्टाण्डर्ड चार्टर बैकको मास्टर कार्ड एक थान, नविल बैक को दिपावली पाण्डेको नामको भिषा कार्ड एक थान, सेन्चुरी बैकको पजल बस्नेतको भिषा डेविड कार्ड एक थान, रातो कलरको नोकिया कम्पनीको मोबाईल एक थान, सिलवर कलरको आइ फोन एक थान, एप्पल कम्पनीको ल्यापटप दुइ थान,बा ७३ प ७६८५ मोटरसाईकल एक थान, सिआइ विको टोलीले बरामत गरेको छ ।
पाण्डेसँगै उक्त कार्यमा संलग्न ३ जना रोमानियन नागरिकहरु पनि रहेको अनुसन्धानबाट खुल्न आएको सिआइविले जनाएको छ । रोमानियन नागरिकहरु आठ कहिना अघि नेपाल आउदा ठमेलमा पाण्डेसँग चिनजान भई उक्त कार्यमा संलग्न रहेको अनुसन्धानमा खुल्न आएको छ ।
https://www.youtube.com/watch?v=9GTAOdfnWgE&t=135s







