लहान, ७ असार- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–८ स्थित सडकमा ट्रकको ठक्करबाट आज बिहान पैदल यात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व गइरहेको ना ४ ख ९८९७ नम्बरको ट्रक ठक्कर दिँदा पैदलयात्री सिरहाको नरहा गाउँपालिका–१ तिलासी निवासी ३५ वर्षिय विक्रम उराँउको घटनास्थलमै मृत्यु भएको हो ।

विपरीत दिशाबाट आएको टिपरले ठाउँ नदिँदा ट्रकले पैदलयात्री उराँउलाई ठक्कर दिएको र घटनास्थलमै उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिनुभयो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

https://youtu.be/9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार