काठमाडौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १३ जना मिलेर २४ करोड ८० लाख रुपैयाँ हिनामिना गरेको खुल्न आएको छ । उक्त रकम हिनामिना भएको देखिएपछि उनीहरु विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गरेको झुटो विवरण पेस गरेर रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक कर्णसहित १३ जनालाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
यो घटना बाहिर आएसँगै बहुप्रतिष्ठित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नै विवादमा फसेको छ । भ्रष्टहरुले रित्याउने अखडा बन्ने डर भएपछि प्रधानमन्त्री परियोजनाका बारेमा सोच्न थाल्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।
अख्तियारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव गणेशप्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र उपकरण आपूर्तीकर्ता वेल इक्युपमेन्ट प्रालिका प्रविण कुँवरविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । १३ जनालाई प्रतिव्यक्ति ४ करोड रुपैयाँ देखि १२ करोड रुपैयाँसम्म बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ ।janaboli
https://www.youtube.com/watch?v=6LFvqffgpMA&t=8s







