सुन्दर हुने चाहना सबैको हुन्छ । तर, उमेर अनुसार सुन्दरतामा फरक आउन थाल्छ। विशेषगरि छालामा देखिने परिवर्तनले उमेर बढ्दै जाँदा सुन्दरतामा कमी देखिंदै जान्छ ।

उमेर बढ्दै जाँदा, छाला नराम्रो देखिने प्रमुख कारण छालाको चाउरीपना हो।

आधुनिक प्रविधी अनुसार चाउरीपनालाई विभिन्न सर्जरी, इन्जेक्सन, औषधीबाट हटाउने गरिन्छ। तर, चाउरीपनालाई यो झन्झट, पैसाको खर्च र शरीरलाई अरु कुनै असर बिना हटाउन सकिन्छ।

प्याज, अण्डा, मह, घ्युकुमारी, ओट्सको मिश्रणले चाउरीपनालाई हटाउन सकिन्छ ।

यसको लागि प्याजको रसमा अण्डाको सेतो भाग, ओट्स, घ्युकुमारी, मह मिलाएर पेस्ट बनाउनुपर्छ। पेस्टलाई अनुहारमा लगाउने र पांच मिनेट सम्म मसाज गर्नुपर्छ ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE&t=136s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार