
हाल दैनिक रुपमा २५ जनाभन्दा बढी बिरामी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी आउने गरेको उनले जानकारी दिए। तीमध्ये दैनिक रुपमा सात जनाभन्दा बढी सिकिस्त बिरामी आउने गरेको र उनीहरुलाई सुईबाट औषधि दिनुपरेको बानियाँले बताए।
प्रकोपलाई नियन्त्रणमा लिन गाउँपालिकाले रोगको पहिचानको लागि पानीको नमूना सङ्कलन गरी खाद्य प्रयोगशाला हेटौँडामा पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीले जनाएको छ। बिरामीको दिसाको नमूना सङ्कलन गरी रोगको पहिचान गरिने उनकाे भनाई छ।
सुख्खायामको समय भएकाले पानीको मुहान सुक्ने र जीवजन्तुहरु पानीको खोजीमा जाँदा जीवजन्तुबाट किटाणु सरी झाडावान्ता फैलिएको हुनसक्ने बानियाँको भनाइ छ। नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्रले विभिन्न किसिम औषधि निःशुल्क रुपमा वितरण गरिरहेको जनाइएको छ।







