बुटवल–अर्घाखाँचीको पाणिनि गाउँपालिका  दुर्गाफाटमा गुडिरहेको मोटरसाइकलबाट खस्दा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाणिनी गाउँपालिका ३ खिदिम निवासी ४२ वर्षीय सुशीला आचार्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

लु ३६ प ६९८० नम्बरको मोटरसाइकलबाट बाटोमा खसेर घाइते भएकी सुशीलाको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा निधन भएको हो।

मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार