काठमाडौ । गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्ने भएको छ ।

ती क्षेत्रमा शनिबार दिउँसोदेखि वर्षाको मात्रा बढेकाले नदी किनारा आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अग्रिम सूचना जारी गरेको छ ।

विभाग मातहतको बाढी पूर्वानुमान शाखाका सिनियर हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा आसपासमा भारी वर्षासँगै बाढीको उच्च सम्भावना बढेको छ ।

आइतबार चितवन र चितवनभन्दा पश्चिमतर्फका खोला नदी किनारामा सर्तकता अपनाउनुपर्ने बताउँदै उनले भने– ‘खास गरी चुरे आसपासबाट बहने खहरे र मध्यम प्रकृतिका खोला किनारामा बाढीको जोखिम निकै बढ्ने देखिएको छ ।’

चितवनको रिउ खोला र आसपासको भेगमा शनिबार दिउँसोदेखि वर्षाले खतराको तह पार गरेकाले सतर्क रहन आग्रह गर्दै सो भेग आसपासका स्थानीयलाई ‘मास एसएमएस’ पठाइएको पराजुलीले जानकारी दिए ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०८ देखि २०७६/०३/१० ) जारी समयः बिहान ६:०० बजे

असार ८ गते (आइतबार),दिउँसो:देशको मध्य र पश्चिमी भूभागहरुमा सामान्य देखि पूर्ण बदलि तथा पूर्वी भेगमा आंशिक देखि सामान्य बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको छ । उच्च हिमाली भूभाग हरुमा हिमपात को नि सम्भावना रहेको छ ।पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०७ देखि २०७६/०३/०९) जारी समयः बेलुका ६:०० बजे

शनिबार,राति: देशको मध्य र पश्चिमी भूभागहरुमा सामान्य देखि पूर्ण बदलि तथा पूर्वी भेगमा आंशिक देखि सामान्य बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको छ । उच्च हिमाली भूभाग हरुमा हिमपात को नि सम्भावना रहेको छ ।पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहको छ
साप्ताहिक मौसम पुर्वानुमान (२०७६/०३/०६ देखि२०७६/०३/१२सम्म)

मौसम पूर्वानुमान महाशाखाद्वारा कृषि मौसम सल्लाह सेवा बुलेटिनका लागि तयार पारिएको साप्ताहिक मौसम पुर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०७ देखि २०७६/०३/०९) जारी समयः बिहान ६:०० बजे

असार ७ गते शनिबार देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने र पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ। साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। पुर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०६ देखि २०७६/०३/०८) जारी समयः साँझ ६:०० बजे

असार ६ गते राती देशको पुर्वी तथा मध्य भु-भागमा समान्य देखि पूर्ण बदली रहने, पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदली रही पुर्वका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। मध्य नेपालका का केहि स्थानहरुमा तथा पश्चिमका एक-दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार