एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिकार साउथह्याम्पटनमा भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गर्‍यो । यो खेलमा अन्तिम ओभरसम्म भारतमाथि अफगानिस्तानले जित दर्ता गर्ने देखिएको थियो ।अन्तिम ओभरमा मोहम्मद शमीले बलिङ्ग नगरेको भए शायद भारतको जित सम्भाव थिएन । अन्तिम ओभरको बलिङ्गमा शमीले एक चौका दिए । अर्को बलमा रन दिएनन् । त्यसपछिका तीन बलमा लगातार विकेट लिए । २२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २१३ रन बनायो ।

भारतका कप्तान विराट कोहलीले ६७ र केदार जाधवले ५२ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । तर भारतीय बलरको प्रदर्शन राम्रो रह्यो ।

जारी विश्वकपमा अफगानिस्तानले अहिलेसम्म खेलका ६ खेलमा सबैमा पराजित भएको छ । आफ्नो छैटौँ खेलमा भारतको सामना गरेको अफगानिस्तानले अन्तिम ओभरसम्म जितको सम्भावना बनायो ।

अहिलेसम्म पाँच खेल खेलेको भारतले चारमा जित निकालेको छ । अफगानिस्तानसँगको खेलमा अन्तिममा आएर बलरको प्रदर्शनका कारण जित निकालेको हो ।

भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनायो । अफगानिस्तानले सम्हालिएर खेल सुरु ग¥यो । उसको पहिलो विकेट सातौँ ओभरमा र दोस्रो विकेट सत्रौँ ओभरमा गयो ।

२० ओभरमा अफगानिस्तानले ७१ रन बनायो र टिम हतारमा पनि देखियो । अफगान खेलाडीले चौका–छक्का प्रहार गरे ।

४९ ओभरसम्म अफगानिस्तानले ७ विकेट गुमाएर २०९ रन बनायो । अब उसलाई ६ बलमा जितका लागि १६ रन बनाउनु पर्ने थियो । मोहम्मद नबी र इकराम अलिखिल ४८ र ७ रन बनाएर क्रिजमा थिए ।

यता भारतका बलर जसप्रीत बुमराहबाट बल मोहम्मद शमीको हातमा गयो । शमीको पहिलो बलमा नबीले चौका प्रहार गरे । नबीको अर्धशतक पूरा भयो, भारतको चिन्ता बढ्यो ।

दोस्रो बलमा नबीले रन बनाउन सकेनन् । तर तेस्रो बलमा नबी आउट भए, हार्दिक पाण्डेयले बल क्याच गरेका कारण । नबीले ५५ बलमा ५२ रन बनाए । क्रिजमा त्यसपछि आए अफताब आलम, उनी शमीको बलमा आउट भए ।

११ औँ नम्बरका खेलाडी शमीको पाँचौँ बलको सामना गर्न आए, बल सीधै स्टम्पमा गएको लाग्यो । आलम आउट भए । जारी विश्वकपमा भारतका तर्फबाट पहिलो खेल खेलेका शमीले ह्याट्रिक पूरा गरे । भारत ११ रनले विजयी भयो । शमीले अन्तिम ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा विकेट लिएका हुन् ।

भारतको तर्फबाट विश्वकपमा ह्याट्रिक गर्ने शमी चेतन शर्मापछिका दोस्रो खेलाडी हुन् । चेतनले सन् १९८७ मा ह्याट्रिक गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार