काठमाडौ । केही दिन देखि आएको वर्षाले सडक अवरुद्ध भएको छ । वर्षापछि आएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । यो सडकखण्डको जलविरेमा आज बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
गाडी नचलेपछि यात्रु बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।
अहिले संयौको संख्यामा सवारीसाधन र हजारौं यात्रु अलपत्रमा परेका छन् । यो पनि, गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् ।
पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । यो पीडा वर्तमान प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको शिवसताक्षी नगरपालिकामा हो ।
नगरको ९ र १० नम्बर वडाका ३ वटा गाउँका बासिन्दा अहिले पनि पानीको अभाव भोगिरहेका छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । स्थानीय नहर, कुवा तथा खोलाको धमिलो पानी उपभोग गर्छन् । खानेपानीको भरपर्दो व्यवस्था नहुँदा नगरका संगमबस्ती, दोमुखा र श्रीजंघा बस्तीका हजारौं स्थानीयले वर्षौँदेखि पिउने पानीको समस्या खेप्दै आएका छन् ।
संगमबस्तीका २ सय ५० घरका लागि स्थानीय दिलबहादुर खड्काको घरमा भएको ट्युवेलबाट निस्कने अप्रशोधित पानी उनीहरुको जीवनजल हो । यो समस्या हिमाल पहाडकाका दुर्गम बस्तीको भन्दा कम छैन । यहाँका स्थानीयले डोको, साइकल, मोटरसाइकल, ठेलाजस्ता साधनका माध्यमबाट गाग्रा, बोत्तल, जर्किनमा पानी हालेर घर सम्म ल्याउने गरेका छन् ।janaboli
https://www.youtube.com/watch?v=6LFvqffgpMA&t=4s







