हुम्ला, सिमकोट – नेपाल कम्युनिष्ट पाटी (नेकपा) हुम्लाले सबै तहमा पार्टीबाट सरकारमा गएका प्रतिनिधिहरु स्वेच्छाचारी भएको ठहर गरेको छ । उक्त पार्टीको पहिलो बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नव गठित जिल्ला कार्य समितिले पद तथा गोपनियताको शपथ लिएपछि पार्टी अध्यक्ष लालकेश जैसीद्धारा प्रस्तुत प्रतिवेदनमा सरकार र पार्टीको सम्बन्ध लथालिंग अवस्थामा पुगेको उल्लेख गरिएको छ । त्यसैगरी प्रतिवेदनमा सरकार, पार्टी र जनताबिच अन्तरसम्बन्ध हुनुको साटो अन्तरविरोधी बनेको पनि उल्लेख गरिएको छ ।

अध्यक्ष जैसीले आफ्नो राजनीति प्रतिवेदनमा पार्टीको प्रतिनिधित्व गर्दै जनप्रतिनिधिमा निर्बाचित भएकाहरु चुनावका बेला पार्टीले घोषणा गरेका प्रतिबद्धता र घोषणा पत्रलाई बिर्सेर आफ्नै किसिमले अगाडि बढेको उल्लेख गरेका छन् । पार्टीको नीति र निर्देशन अनुसार जनप्रतिनिधिहरु नचलेको आरोप समेत अध्यक्ष जैसीले लगाएका छन् ।

चाँडै पार्टीका प्रादेशिक संरचना, गाउँपालिका र ४४ वटै वडातहसम्म संरचना निर्माणका लागि स्थलगत रुपमा टोली जाने पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार