पुर्व–पश्चिम राजमार्ग अन्तरगत सैनामैना वडा न ६ कलौनीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गएराति करिब १२ः३० बजेको समयमा महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए । उनले भने, ‘मोटरसाइकललाई बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लाग्यो र मोटरसाइकलमा सवार अन्दाजी २०९२५ वर्षका दुुई युवकहरु जल्दा उनीहरुको पहिचान समेत हुन सकेको छैन् ।’
मृतक दुवैको शवलाई पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । ठक्कर दिने बस सहित चालक सालझण्डी प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनासम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।janaboli
https://www.youtube.com/watch?v=6LFvqffgpMA







