काठमाडौ । सचिवालय बैठक बसिरहेका बेला नेपाल कम्युनिस्ट पाटी (नेकपा) मा के हुँन आँट्दैछ भन्ने शंका उब्जिएको छ । केही नेताहरुले पार्टी फुट्नसक्ने भाषण गरिरहेका बेला केही गुटका भेला हुन थालेकाले परिस्थिती झनै ससंकित बनेको छ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफु निकट स्थायी समिति सदस्यलाई आइतबार आफ्नै निवास खुमलटारमा बोलाएपछि झनै शंकाको घेरा थपिएको हो ।
नेकपाको शनिबार बसेको सचिवालय बैठकले राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने निर्णय गरेको थियो । पूर्व माओवादी र एमाले एकिकरणका बेला राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ हुने सहमती भएको थियो । प्रचण्डले सोही अनुरुप सम्पादन भएर राजनीतिक प्रतिवेदन प्रकाशित गर्न अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा भइसकेको बताएका थिए ।
सहमति विपरित पूर्व एमाले नेता ईश्वर पोखरेलले राजनीतिक प्रतिवेदनमा बहुदलीय जनवाद हुने भन्ने धारणा सार्वजनिक गरेपछि पाटीभित्र अविश्वास सृजना भएको थियो । प्रचण्ड निवास पुगेका नेकपा नेता अग्नी सापकोटाले शनिबार भएको सचिवालय बैठकको ब्रिफिङ र राजनीतिक प्रतिवेदन छाप्नेबारे अध्यक्षले जानकारी दिएको बताए । ‘राजनीतिक प्रतिवेदन छाप्ने सहमति जुटिसकेको छ,’ उनले भने, ‘सहमति अनुसार नै सम्पादन गरेर प्रकाशित गर्ने अध्यक्षबाट जानकारी पायौं ।’ यो बाहेक केही थप कुरा भएको हैन उनले प्रष्ट पार्न खोजे । यता पूर्व एमालेका शीर्ष नेताहरु प्रचण्डको गुटगत भेलाले केही शंका पैदा भएको भन्न थालेका छन् ।janaboli
https://www.youtube.com/watch?v=6LFvqffgpMA







