काठमाडौं । नेपालमा मनसुन सुरु भएसँगै ठाउँठाउँमा पहिरो जान थालेको छ । राजमार्ग लगायतका क्षेत्रमा जाने पहिरोले सर्वसाधारणलाई पनि सास्ती भएको छ । यो बिचमा लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलामाथिको बेलिब्रिज बाढीले बगाइदिएको छ । गएको वर्ष मात्रै निर्माण गरिएको पुल बगाएपछि मनाङसँग सडक सम्पर्क विच्छेद भएको स्थानीयले दुखेसो पोखेका छन् ।
लमजुङ र मनाङ सिमानाको मार्दी खोलामा आइतबार दिउँसो आएको बाढीले पुल बगाएको स्थानीयले बताए । पुल बगाएपछि यात्रु अलपत्र परेका छन् । मनाङबाट बेसीशहर आउँदै गरेका यात्रुहरु म्यार्दी खोलाले पुल बगाउँदा रोकिएका छन् । मनाङबाट बग्ने मर्स्याङदी नदीको बहाव बढेकोले स्थानीयलाई उच्च सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।
सडक निर्माण भएको एक दशकपछि मनाङ जोड्न लमजुङ सीमानाको म्यार्दी खोलामा बेलिब्रिज निर्माण गरिएको थियो । यस्तै तिमाङ खोलाको छहरेमा राखिएको ह्युम पाइपसहितको अस्थायी काठे पुल बगाएको छ । पुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन् ।janaboli
https://www.youtube.com/watch?v=6LFvqffgpMA







