पर्वत । आज बेलुका भएको जीप दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या २ पुगेको छ । आज बेलुका ५ बजेको समयमा कूश्मा देखि यात्रू लिएर गएको जिप महाशिला गाउँपालिकाको लूङ्खुमा दुर्घटना भएको हो । ७ जना यात्रू लिएर गएको ग २ च ७१२८ नम्वरको जिप लूङ्खुको भिरमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनावाट जिप १ सय मिटर तल झरेको बताइएको छ । घटनास्थलमा २ जनाको मृत्यू भएको छ । मृत्यू हूने महाशिला ३ का ५० वर्षका कृष्ण गूरुङ्ग र अर्को एक जनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनू भयो ।
सख्तघाईते ३ जनालाई थप उपचारका लागी पोखरा लगिसकिएको छ । २ जनाको लुड्खू प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । चालक सख्तघाईते भएका छन् ।
उक्त जिप कूश्मा वाट विहान महाशिलाको वालाकोटका लागी छुटेको थियो । रातभरीको वर्षका कारण वाटोमा जिप चिप्लिन गई दुर्घटना हून गएको अनूमान गरिएको छ । १ जना भने सकूसल रहेका छन् । थप विवरण आउन वांकी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनूभयो
janaboli
https://www.youtube.com/watch?v=6LFvqffgpMA







