काठमाडौ । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि एकै पटक ४ सय जना कर्मचारीको माग गरेको छ । बैंकले यसअघि ८६ जना कर्मचारीको माग गरि खुलाएको विज्ञापन म्याद सकिने बित्तिकैे थप ४ सय जना कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यकाभित्रका विभिन्न शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धक मागेको छ । यस पदका लागि स्नातकोत्तर गरी कम्तिमा पनि १० वर्षको कार्यानुभव हुनु पर्ने बैंकले जनाएको छ ।

त्यस्तै ५० जना रिलेसनसिप म्यानेजर मा गरेको छ । यसका लागि स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तिमा पनि ५ वर्षको अनुभव र उमेर २१ वर्षदेखि ४० वर्ष हुनुपर्नेछ ।

सर्भिस म्यानेजर पदका लागि १ सय जना कर्मचारी आह्वान गरिएको छ । जसका लागि स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा तीन वर्षको कार्यानुभव भएको हुनुपर्ने छ । उमेरको हदमा भने १८ वर्षदेखि ३५ वर्ष उमेर समुहकाले यस पदमा एप्लाई गर्न सक्नेछन् ।

प्लस टु तथा व्याचलर सकेका तर अनुभव नभएकाहरुले मार्केटिङ, कस्टमर सर्भिस, हेल्प डेक्स लगायतमा एप्लाई गर्न सक्नेछन् । यी पदहरुमा लागि २ सय जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २० गतेसम्ममा आवदेन दिइसक्नुपर्ने बैंकले जनाएको छ । बैंकको वेबसाइटमा गएर अनलाइन आवदेन दिन सकिनेछ । आफुले हेरिसकेपछि यो अवशर सबैका लागि पुर्याउन सेयर गरिदिनुहोला । Click More Details

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार