शरिरमा केही अंगहरु निकै संवेदनशिल हुने गर्छन् । ती अंगहरुलाई उचित तरिकाले स्याहार सम्भार गर्नु जरुरी रहेको हुन्छ । केही यस्ता व्यक्ति हुन्छन् जसले नाक, कान, आँखा जस्ता अंगलाई टक पटक चलाइरहने गर्छन् । जसको कारण त्यस्ता व्यक्तिमा संक्रमणको खतरा धेरै रहेको हुन्छ ।

१. आँखा

शरिरको एक महत्वपूर्ण अंग आँखा हो । त्यसकारण आँखालाई पटक पटक छुने मिच्ने गर्नाले इन्फेक्सनको सम्भावना धेरै हुने चिकित्सकहरुको भनाइ छ । त्यसैले यस्तो बानी छ भने तुरुन्तै हटाउनुपर्छ ।

२. ओठ

पटक पटक ओठलाई छुने गर्दा रुखो हुने वा ओठको रंग नै परिवर्तन हुने गर्छ । यसरी पटक पटक ओठमा हात लगाउने बानीको कारण मुखमा विभिन्न किसिमका ब्याक्टेरियाहरु प्रवेश गर्ने भएकाले पेटसम्म पुग्ने खतरा धेरै हुन्छ । त्यसकारण यस्तो बानीलाई तुरुन्तै हटाउनुपर्छ ।

३. अंडर आर्म्स

शरिरको एक संवेदनशिल अंग भनेको अन्डर आम्स हो । त्यसकारण यो अंगलाई पटक पटक छुने गर्नु हुँदैन् । शरिरको अन्य भागमा भन्दा यो भागमा धेरै पसिना आउने भएकाले हातको माध्यमद्धार अन्य अंगमा पनि ब्याक्टेरिया सर्ने भएकाले पटक पटक हातले छुने गर्नु हुँदैन् ।

४. अनुहार

अनुहारलाई पनि एक संवेदनशील अंगको रुपमा लिने गरिन्छ । त्यसकारण पटक पटक अनुहारमा हात लगाउने गर्दा छालामा विभिन्न संक्रमण देखिने हुँदा सफा हातले मात्रै अनुहार छुनुपर्छ ।

हामीले केहि थप जानकारी दिइएका छाै

हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो । यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ । हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ । हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन । हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो वा रोगको संकेत हो ।

छालाको कोषहरु तीब्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँछ। कहिल्यकाहिँ आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुन्छ।

झिंगाको संक्रममणले पनि यस्तो समस्या ल्याउँछ। झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ। बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ। विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन्।

मधुमेह र छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुन्छन्। तसर्थ अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो।

हत्केला चिलाउनका केही कारण यस प्रकार छन्

प्राइमेरी बिलियरी सिरहोसिस

लिभरसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ। कलेजोमा गम्भीर समस्या नआउँदै हत्केला र खुट्टाको पैतला चिलाउँछ। चिलाउने समय र अवस्था फरक फरक हुन्छ। कहिले अकस्मात हुन्छ भने कहिले दिन वा रातमा मात्र चिलाउँछ। रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न (बाइल एसिड) हुँदा हात हत्केला चिलाउँछ। हात चिलाउने समस्या रोक्न एन्टिहिस्टामाइन दिइन्छ।

खानेकुराको एलर्जी

खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ। कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ। अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि कसैकसैलाई एलर्जी बनाउँछ। यी खाना खानेबित्तिकै कोहीकोहीलाई एलर्जी भइहाल्छ।

कार्पल टनेल सिन्ड्रोम

(नाडीेको हड्डीको नसारुमा भएको चोटपछि हात र औलामा हुने पीडा) पनि हत्केला चिलाउँछ। शरिरमा मध्यम खालको नसा दबिएमा कार्पेल टनेल सिन्ड्रोम हुन्छ। अध्यधिक लेख्दा, टाइप गर्दा तथा हात र औलाहरुको बढी प्र्रयोग हुदा यस्तो अवस्था आउँछ। असन्तुलित तरिकाले हत्केला चिलाउनु कार्पल टनेल सिन्ड्रोमको संकेत हो।

औषधी वा शल्यक्तियाको तरिकाले पनि यो सिन्ड्रोमको उपचार गर्न सकिन्छ। एस्पिरिन, आईबुप्रोफिन, कोर्टिकोस्टेरोइड्सले नसाको दबाबलाई शान्त पारी हत्केला चिलाउन रोक्छ। नशालाई दबाब दिने तन्तुलाई शल्यक्रिया गरेर पनि चिलाउने समस्या रोक्न सकिन्छ।

इसेजमा

छालाको समस्याले पनि हत्केला चिलाउँछ। छालासमबन्धि यो रोग लाग्दा औलाहमा प्रभाव पार्छ। गर्मी र जाँडो मौसममा यसले प्रभाव पार्छ। अधिकांश इसेज्माको उचित उपचार छैन।

कसरी बच्ने ?

हातको राम्रो सरसफाई र विभिन्न प्रकारका लोसन र क्रिमले हत्केला चिल्लो पार्दा धेरै हदसम्म चिलाउने समस्याको समाधान हुन्छ। छालालाई कहिल्यै पनि सुख्खा नराख्ने। चिलायो भन्दै बेस्सरी रगेडेर कन्याउनु हुँदैन्। समस्या गम्भीर भयो भने तत्काल चिकित्सकको सल्लाहमा औषधी प्रयोग गर्नुपर्छ।

हत्केला चिलाउने समस्याबाट निको पाउन सबैभन्दा पहिला त हात चिलाउनुको कारण बुझ्नु पर्छ। हत्केला चिलाउनुका विभिन्न कारण हुन्छन्। जाडो याममा हुने सुख्खा छाला वा बेस्सरी हात घोटेर धुदा पनि चिलाउने भएकोले ढुंगा वा जालीले हत्केला रगेड्नु हुँदैन।

​हत्केलामा पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

गर्मि मौसममा प्राय सबैको शरीरमा पसिना आउने गर्दछ । शरीरको विभिन्न भागमा मानिसलाई पसिना आउने गर्दछ ।त्यसले गर्दा धेरै काम गर्न अबरोध आउछ । ​हत्केलामा पसिना आउछ यी घरेलु उपाय अपनाउनुहोस् ।

१. टलकम पाउडर

यदी तपाईको हातमा पसिना आइरहने समस्या छ भने टलकम पाउण्डर लगाउनुहोस् । यसले तपाईको हातमा आएको पसिना सोस्ने काम गर्छ ।

जसका कारण तपाईको हातमा पसिनाले समस्या दिनेछैन । यो पाउडर तपाईले सजिलै बोक्न पनि सक्नुहुन्छ ।

२. तेज पत्ता

तेज पत्ताको प्रयोग गर्न पनि सकिन्छ । यसलाई पानीमा उमाल्नुहोस् । राम्रोसँग पानीमा उम्लिएपछि यसलाई हातमा लगानुहोस् । यसले तपाईलाई आराम दिनेछ ।

३. काचो आलु

हत्केलामा पसिना आउने समस्या कम गर्न काचो आलुले सहयोग गर्छ । आलुलाई टुक्रा टुक्रा पार्नुहोस् र हातमा दल्नुहोस् । यसो गर्नाले हातमा पसिना आउन कम हुन्छ ।

४. बेकिङ सोडा

यदी तपाई हातमा आउने पसिनाबाट घण्टौसम्म छुट्कारा पाउन खोज्नु भएको छ तातो पानीमा बेकिङ सोडा मिलाउनुहोस् । त्यसपछि त्यस पानीमा हात डुबाएर राख्नुहोस् । यसो गर्नाले पसिना घण्टौ सम्म आउँदैन

https://www.youtube.com/watch?v=9GTAOdfnWgE&t=158s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार