तेह्रथुम जिल्ला युवा २ का सन्तोष इङ्नामकि श्रीमती केहि दिन देखी बेपत्ता भएकी छिन । बिगत २ बर्ष देखी सन्तोष साउदी अरबमा कार्यरत थिए ।

२०७२ मङ्सिर ५ गते आइति प्याङ्गो(अनिशा लिम्बु) संग सन्तोष विवाहा बन्धनमा बाँधिएका थिए । उनीहरुको ३ वर्षको छोरी पनि रहेकी छन । लगभग ६ लाख बराबरको पैसा र गरगहना लिएर अनिशा बेपत्ता भए पछि परिवार तनाबमा रहेको छ । बेपत्ता अनिशाको खोजि भैरहेको भए पनि अहिले सम्म पत्ता लाग्न सकेको छैन । बेपत्ता अनिशलाई कसैले कतै देखेमा खबर गरिदिन पनि परिवारले आग्रह गरेको छ ।

ललितपुरको कुपन्डोलस्थित एक व्यवसायीको कार्यालयमा  एक युवती पुग्छिन्। वर्षायाम भएकाले हल्का वर्षा भइरहेको हुन्छ। यी तिनै युवती हुन्छिन् जोसँग ती व्यवसायीको फेसबुक म्यासेन्जरमा सामान्य कुराकानी मात्र भएको हुन्छ।

एक यवतीले चुम्बन गरेको भिडियो खिचेर ब्यापारीसँग मागिन् १ करोड !

आफ्नो नाम निशा अधिकारी बताउने ती युवतीले व्यवसायीलाई फेसबुकमा एड गरेर साथी बनाएकी हुन्छिन्। ‘तपाइँसँग कुराकानी गर्नुछ एक पटक भेटौं न’, युवतीको प्रस्ताव हुन्छ। उनको प्रस्तावमा व्यवसायी सहमत भएपछि उनी कुपन्डोलस्थित कार्यालय पुगेकी हुन्छिन्।

कालो चश्मा, फूलबुट्टे सर्ट र जिन्स लगाएकी युवती कार्यालयमा प्रवेश गरेसँगै माहोल अर्कै बन्छ। कुराकानीका सिलसिलामा त्यहाँ आफ्नो नाम फरक भएको उनले खुलाउँछिन्। ‘मेरो घर झापा बुधबारे हो वास्तविक नाम चाहिँ ईन्दु’, उनी भन्छिन्। कुराकानीकै सिलसिलामा उनले मोबाइलमा भिडियो अन गर्छिन्। सोफामा बसेका व्यवसायीको नजिक पुग्छिन्।

त्यसपछि अँगालो मार्छिन्। चुम्बन गर्छिन्। दुवैबीचका अन्तरंग क्रियाकलाप भिडियोमा कैद हुन्छन्। यहाँसम्म ठिकै हुन्छ। तर जब ईन्दु उर्फ निशा त्यहाँबाट बाहिरिन्छिन् त्यस लगत्तै ती व्यापारीको मोबाइलको फोनमा घन्टी बज्छ। ‘तेरो र निशाबीच भएको अन्तरंग क्रियाकलापको भिडियो रेकर्ड मसँग छ। एक करोड रुपैयाँ नदिए युट्युब, फेसबुकमा अपलोड गरेर चरित्र हत्या गर्दिन्छु’, गणेश लामा नाम बताउने व्यक्तिले अडियो कलिङ साइट इमोबाट फोन गर्दै भन्छन्।

आफूसँग ब्ल्याकमेलिङ गरेर पैसा असुल्न खोजेको थाहा पाएपछि व्यवसायी प्रहरीको शरणमा पुग्छन्। महानगरीय प्रहरी अपराध महाशाखाले यो घटनाको अनुसन्धान थाल्छ। अनुसन्धानले गोरखा जिल्ला पालुङ्टार–८ घर भएका बद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउँपालिका–४ स्थायी घर भएकी ईन्दिरा उप्रेती संलग्न भएको पुष्टि हुन्छ।

प्रहरी खोजी सूचीमा रहेका उनीहरुलाई महाशाखाको टोलीले कार्तिक ६ गते गौशालाबाट पक्राउ गरेको छ। दुवैलाई अपराधिक लाभको कसूरमा अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको महाशाखाले उल्लेख गरेको छ। नेपालखबरबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार