पुरुषका लागि गर्भनिरोधको अस्थायी साधन भनेको कण्डम मात्रै हो । त्यो पनि भरपर्दाे छैन । यौन सम्बन्ध राख्दा राख्दै फुट्ने सम्भावना पनि हुन्छ कण्डममा ।

यौन सम्बन्ध राख्दा राख्दै फुट्यो भने मानसिक नाव त छँदैछ, यौन सम्बन्ध पनि सुमधुर बन्न सक्दैन ।तर, अब चिन्ता लिनुपर्दैन ।वैज्ञानिकहरुले हालै यस्तो जेल तयार पारेका छन् जसले यी सबै समस्याबाट मुक्ति दिलाउँछ । कण्डम लगाउन पनि पर्दैन ।

यो नयाँ प्रविधि पहिलोपटक भाले बाँदरमा सफलतापूर्वक परीक्षण गरिएको छ । पुरुष गर्भनिरोधक क्रिम बनाउने कम्पनीले दुई वर्षको परीक्षणपछि यो क्रिम कामयावी रहेको पुष्टि भएको दाबी गरेको छ ।

बीबीसीका अनुसार, अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुले १६ वटा भाले बाँदरमा यो जेलको परीक्षण गरेका थिए । जसले सकारात्मक नतिजा दिएको कम्पनीको दाबी छ ।

कम्पनीको दाबी अनुसार, यो क्रिमले शुक्रकिटको प्रवाह रोक्ने गर्छ । यो क्रिम पुरुषको शुक्रकिटहरु लिंगतर्फ प्रवाहित हुने नलीमा हालिन्छ । यो क्रिमलाई आगामी केही वर्षमा मानिसमा प्रयोग गर्न सकिने दाबी गरिएको छ ।
[youtube https://www.youtube.com/watch?v=HfGXw1t2IGU?version=3&rel=1&fs=1&autohide=2&showsearch=0&showinfo=1&iv_load_policy=1&wmode=transparent]

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार