राईका मतियारहरुले सामाजिक सञ्जालको प्रयोग गर्दै प्रकाश सपूतलाई अति निच गाली गर्दै जातीय विभेदपूर्ण शब्द प्रयोग गरेको भन्दै मीनले निन्दा गरे। संविधान, सदभाव र कानूनको विरुद्ध हुने गरी दलित समुदायलाई अपमानित हुने गरी अपमान गरेको हुनाले साइबर कानून अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत कारवाहीको माग गरे ।
उनले आरोपीलाई कानूनी कारवाहीमा नल्याए सम्पूर्ण दलितहरु आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन्। सरकारले जातीय विभेदात्मक मान्यतालाई प्रसय दिएको उनले आरोप लगाए। के बालक के वृद्ध सबैको मनमा बस्न सफल यो गीत देशमा मात्र नभएर विदेशमा पनि गुनगुनाईरहेको बताए। साथै उनले यो गीतले नपाली परम्परा र सँस्कृतिको विकासलाई यो गीतले टेवा दिएको बताएका छन्।







