काठमाडौं । सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । महोत्तरीको औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको हो ।

आज बिहान सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गाडीको ठक्करबाट निजको मृत्यु भए तापनि गाडीको पहिचान खुल्न नसकेको पनि इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ । टाउकोमा गम्भीररुपमा चोट लागेका रायको घटनास्थलमै मृत्यु भएको थियो ।

शव परीक्षणको लागि जलेश्वर पठाउने तयारी भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक किशोर अचार्यले जानकारी दिनुभयो ।janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार