पोखराको बसपार्कमा पार्किङ गरि राखेको बसभित्र अस्लिल क्रियाकलापमा संलग्न दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राती ८ बजेर ५० मिनेट जांदा बसपार्कमा पार्किङ गरि राखेको ना ५ ख ३६२३ नम्बरको भाडाको बसभित्र पोखरा लेखनाथ ९ बस्ने बिशालजंग शाही र एक जना महिला बीच अस्लिल क्रियाकलाप गर्न लागेको अवस्थामा अस्थाइ प्रहरी पोष्ट बसपार्क डिउटीमा खटिएको प्रहरी जवान किसान परियारले नियन्त्रणमा लिएका थिए ।

अस्लिल क्रियाकलापमा संलग्न शाहीको जोडीलाई नियन्त्रणमा लिने क्रममा शाहीले प्रहरी जवान किसान परियारलाई लोभ लालच देखाइ दुइ हजार रुपैया घुस दिन खोजेपछि उनीहरुलाई नगद सहित वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिइ सार्वजनिक अपराध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेकोे कास्की प्रहरीले जनाएको छ ।

के तपाईलाई निदाएको बेला ऐठन हुन्छ ? छुटकारा पाउन यी ५ चिज राख्नुहोस् सिरानीमुनि !

के तपाइलाई राती सुत्दा नराम्रो सपना अथवा अैठन हुने गर्छ ? कसैलाई त दैनिक त्यस्तै समस्याले सताउने गर्छ। यस्तो समस्याबाट छुटकारा पाउनको लागि शास्त्र अनुसार यसो गर्नुहोस्।

१, सुकमेल : यदि रातको समयमा तपाईलाई डरलाग्दो सपनाले सताईरहेको छ भने ५/६ वटा सुकमेल कपडामा बेरेर आफ्नो सिरानीको नजिक राख्नु पर्छ।
२, पानीले भरेको तामाको भाडा : निद्रामा डर लाग्ने सपना देखेमा पानीले भरिएको भाडा वा अम्खारा ओछ्यानको नजिक राख्नुहोस्। बिहान उक्त पानीलाई बिरुवामा हलिदिनुहोस।
३, काट्ने हतियार : यदि तपाईसंग चक्कु छैन भने काट्ने बस्तु जस्तै नङ कटर, कैची जस्ता बस्तु सिरानी मुनि राख्दा पनि नराम्रो सपना देख्दैन।

४चक्कु : वास्तुशास्त्रका अनुसार दैनिक डरलाग्दो सपना देखेर हैरान हुनुहुन्छ भने सिरानीमुनि चक्कु राख्नुहोस।

५,ओढ्ने : ओढ्ने कहिले पनि यस्तो प्रयोग गर्नुहुदैन। जसको रङ गाढा, धेरै प्रिन्ट, हिंसक जनावरको तस्बिर भएको हुनुहुदैन
६, ओछ्यान सफा गर्नुहोस : सुत्नु अघि ओछ्यान राम्ररी सफा गर्ने गर्नुहोस। फोहोर ओछ्यानमा सुत्दा पनि नराम्रो सपनाले सताउने गर्दछ।
७, कपाल बाँधेर सुत्नुहोस : सुत्ने समयमा कपाल खुल्ला छोडेर सुत्ने बानीले पनि डराउने सपना आउने गर्दछ। त्यसैले कपाल सधै बाँधेर सुत्ने गर्नुहोस।
८, जुत्ता- चप्पल : सुत्ने कोठा वा ओछ्यानको वरिपरि र खाटमुनि जुत्ता चप्पल राख्दा पनि राती नराम्रो सपना आउने गर्छ।
९, पहेलो चामल : पहेलो चामलको मद्दतबाट पनि डर र नराम्रो सपनाबाट छुटकारा पाउन सकिन्छ। पहेलो चामललाई कुनै कागज वा कपडा बेरेर सिरानीमुनि राखिदिनुहोस्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार