राजधानी काठमाडौँ यौनधन्दा चलाउने एउटा नयाँ तरिकाको प्रहरीले पर्दाफास गरेको छ। गेष्ट हाउस र मसाज सेन्टरको नाउमा हुने गरेको यौनधन्दाको कडा निगरानी गरिरहेको प्रहरीले यतिबेला यौनधन्दाको नयाँ स्वरूपको पनि भण्डाफोर गरेको छ।
यसैबीच यौन व्यवसाय चलाएको आरोपमा प्रहरीले तीन महिलालाई काठमाडौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको छ । कोठा भाडामा नै लिएर यौनधन्दा चलाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुलाई महानगरीय प्रहरी वृत गौशालाले पक्राउ गरी यौनजन्य गैरकानुनी गतिविधि गरेको अभियोगमा मद्धा चलाएको छ । यसरी पक्राउ पर्नेमा सिराहा जिल्ला स्थाई घर भएकी ५४ वर्षीया गीता दाहाल, झापाकी ३६ वर्षीया रश्मी सिटौला र तनहुँ जिल्लाकी ३४ वर्षीया जुना पोखरेल छन् ।panchkhalonline
बाहिर्यो साली भेनाको अनैतिक सम्बन्ध साढुदाईले थाहा पाएपछि भयो यस्तो बबाल !
पर्साको जगरनाथपुर गाउँपालिका–५ मा भएको एउटा हत्याको घटना अवैध यौनसम्बन्धी विवादका कारण भएको खुलेको छ । ३० वर्षीय उमेश मुखियाको छुरा प्रहार गरी हत्या भएको थियो । मुखियामाथि जगरनाथपुर गाउँपालिका–५ चिलझप्टीका झुरी मुखियाको घरमा छुरा भएको थियो । झुरी नातामा उमेशको ससुरा हुन् ।
पर्साकै धोबिनी गाउँपालिका–४ लंगडी बस्ने उमेशलाई साढुदाइ भारत कठियामठिया बस्ने ३५ वर्षीय बिजुली मुखियाले चक्कु प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उमेशको सोही दिन पोखरिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीले सालीभेनाबीचको अवैध यौन सम्बन्धका कारण मुखियाको हत्या भएको निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार नातामा दिदीबहिनी भए पनि बिजुली र दिनेशकी श्रीमतीबीच विवाद थियो । उमेशकी श्रीमती र आफू (सालीभेना)बीचको अवैध सम्बन्ध उमेशले थाहा पाएपछि बिजुली मुखियाले उमेशको हत्या गरेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए ।
‘उमेशले आफ्नी श्रीमती र साढुदाइबीचको अनैतिक सम्बन्ध १५–२० दिनअघि नै थाहा पाइसकेका रहेछन् । उनीहरूबीच मोबाइल फोनबाटै गालीगलौज र वादविवाद हुँदै आएको रहेछ,’ रेग्मीले भने ‘ससुराली घरमा बस्दै आएका बिजुलीसँग छलफल गर्न भनेर उमेश ससुराली गएका वेला उनको हत्या भएको देखिन्छ ।’ उमेशले आफ्नी श्रीमतीसँगको अवैध सम्बन्धका विषयमा सोधपुछ गर्दा मदिरा सेवन गरेर मात्तिएका बिजुली उत्तेजित भएर उमेशलाई चक्कु प्रहार गरेका प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए । चक्कु प्रहार गर्ने बिजुली मुखिया अझै फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उमेशका ससुरा झुरी मुखियालाई पनि पक्राउ गरेको छ । दुईजनाका बीच उत्पन्न विवाद रोक्न कुनै पहल नगरेको, सँगै बसेर मादक पदार्थ सेवन गरेको र घटनाका विषयमा प्रहरीलाई खबर नगरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।







