दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो। ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो। लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे।
कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ। महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ।
चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ।
महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ।
केराको बोक्राका यी महत्वपुर्ण ९ फाइदा, यसरी प्रयोग गर्न सकिन्छ !
केराको बोक्रा फाल्ने गर्नुभएको छ भने अव नफाल्नुहोस् । केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्यूट्रिएट्स पाइने हुनाले यसले सुन्दरतालाई निखार्नका लागि प्रयोग गर्न सकिन्छ ।केराको बोक्रामा रहेको एन्जाइम्सले धेरै वस्तुको सफाईका लागि प्रयोग गर्न सकिन्छ ।
जान्नुहोस्, केराको बोक्राको फाइदाहरु :
१. डार्क सर्कल हटाउन – आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ ।
२. पहेलोपन हटाउन – केराको बोक्राले पहेलो भएको दाँतमा घोट्नु होस्, दाँतको पहेलोपना हटेर जान्छ । दिनहुँ जसो यसो गर्नाले दाँतमा चमक आउँछ ।
३. जुत्ता चम्काउँन – केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ९चिम्किन्छ० ।
४. डन्डिफोर हटाउन – केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा दल्ने गरेमा डन्डिफोर हट्छ ।
५. विरुवा बढ्छ – केराको बोक्रालाई मलको रुपमा विरुवामा हालेमा चाँडै विरुवा बढ्छ ।
६. स्क्र्याच हट्छ – सिडि वा डिभिडि स्क्र्याच भएमा केराको छालाले सफा गर्नुहोस् ।
७. सजिलै सफा गर्न – चाँदीका गरगहना वा सामाग्रीलाई सफा गर्नका लागि केराको बोक्राले रगड्नुहोस्, सजिलै सफा र चम्किलो बनाउँछ ।
८. छिटो पाक्छ मासु – मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राख्नुहोस्, केहिबेरपछि निकाल्नुहोस् । मासुलाई चाँडै पकाउँन मद्दत गर्छ ।
९. कुर्कुचा फुटेको – केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस् । यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ ।
https://www.youtube.com/watch?v=CRpxguYk-ZU&t=49s







