काठमाडौं । नेपालमा आज दिउँसो ३ बजे देखि सम्पुर्ण विदेशी टिभि च्यानल बन्द भएका छन् ।
आज इन्टरनेट तथा डिजिटल टिभी सम्बन्धन समिति र नेपाल केबल टेलिभिजन महासंघद्धारा संयुक्त रुपमा गरिएको अपिलमा च्यानल बन्द हुने कुरा जानकारी दिइएको छ ।
सुचनामा भनिएको छ, ‘विदेशी च्यानल बन्द हुने बारे अत्यन्त जरुरी सूचना ! प्रस्तावित विज्ञापन ऐन २०७६ अनुसार बिदेशी च्यानलहरु क्लिन फिडमा हुनुपर्ने प्रावधानअनुसार को व्यवस्था लागू गर्दा हुने आउने परिस्थिति सम्पूर्ण ग्राहक वर्ग तथा सरोकारवालाहरुलाई अवगत गराउन असार ९ गते दिउँसो ३ बजेदेखि असार १० गते दिउँसो ३ बजेसम्म सम्पूर्ण विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द हुने कुरा सहर्ष जानकारी गराईन्छ । इन्टरनेट तथा डिजिटल टिभी सम्बन्धन समिति र नेपाल केबल टेलिभिजन महासंघ द्वारा जनहितमा जारी सन्देश ।’ सबैको जानकारीका लागि यो जानकारी सेयर गर्नुहोला ।janaboli







