विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको आज नेपाल बन्दले देशभर विहानैबाट सुनसान छ ।

सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याका विरुद्ध विप्लव नेकपाले आज नेपालबन्दको आव्हान गरेको थियो ।

बन्दका कारण देशका मुख्य मुख्य राजमार्ग राति १२ बजेपछि बन्द छन् भने साना सडकमा विहानैबाट कुनै सावारी साधान चलेका छैनन् ।

विहान ४ बजेबाट सवारी साधन चल्ने काठमाडौँका सडक पनि सुनसान छन् । दूघ, एम्बुलेन्स, दकमलसहित प्रेसका गाडी बाहेक अरु कुनै सावरी सधान चलेका छैनन् ।

बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले सोमबार साँझ देशका विभिन्न स्थानहरुमा मशाल जुलुस बालेका छन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजिनामा समेत मागेका छन् ।

बझाङ, झापासहित विभिन्न स्थानहरुमा बम भेटिएका छन् । बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाकाे कार्यालयभित्र एउटा झाेलामा शंकास्पद वस्तु भेटिएकाे छ ।

प्रहरीका अनुसार नगरपालिकाका मेयरकाे कार्य कक्ष चढ्ने सिढीकाे तल कालाे व्याग जस्तो शंकास्पद वस्तु फेला परेकाे थियो  ।

यसैगरी बझाङकाे जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकाेट पाण्डु पडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ ।

वड नं. ३ को कार्यालयको गेटमा बम फेला परेको र घटनास्थलमा अहिले सुरक्षाकर्मी परिचालन नभएको एक स्रोतले बताए । राति १२ बजेसम्म प्रहरी घटनास्थलमा पुगेको थिएन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार