अछामका दुईवटा वडा कार्यालयमा आगजनी भएको छ । सोमबार राति अज्ञात समूहद्वारा पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पन्चदेवल बिनायकको ३ नम्बर वडा कार्यालयमा राति २ बजेको समयमा आएको करीब ५÷६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेका थिए ।
त्यसैगरी, ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । गाउँपालिका केन्द्रबाट पैदल २ घन्टाको दुरीमा रहेको वडा कार्यालयमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।







