नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको बिहानैदेखि आज केही स्थानमा नक्कली/सक्कली बमकाे सन्त्रास फैलिएकाे छ ।

बिहान किर्तिपुरको नयाँबजारस्थित सडक छेउमा शंकास्पद वस्तु फेला परेको छ । बन्दलाई सफल पार्न विप्लब नेतृत्वको नेकपाले बम राखेको हुन सक्ने अनुमान गरिएको थियाे । बम रहेकाे हल्लालगत्तै नेपाल प्रहरीको टोलीले घेरा हालेकाे सुरक्षा दिएकाे थियाे ।

सेनाकाे बम विस्पोजल टोली घटनास्थलतर्फ गई डिस्पाेज गरिएकाे छ । तर उक्त बस्तु बम नभई तर्साउन राखिएकाे नक्कली बम रहेछ । शंकास्पद वस्तु डिस्पाेझ गर्दा अनुसार प्लाष्टिकको भाँडोभित्र माटो र तारमात्र राखिएकाे भेटिएको हाे ।

आज मंगलबार बिहानै बनेपास्थित रातो पुल नजिक बम विस्फोट भएकाे बताइएकाे छ । बिहान करिब ३ बजेतिर विस्फोटको ठूलो आवाज आएको स्थानीयले बताएका छन् । प्रहरीले भने विस्फोटको पुष्टि गरेको छैन ।

उता पनौती- ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कुकर बम भेटिएकाे छ । उक्त स्थानमा राखिएकाे बम नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरिसकेकाे जनाइएकाे छ ।

बन्दका कारणका मुख्य शहर बजारमा पनि बिहानैदेखि आशिंक रुपमा सवारी साधन चलेका छन् । सुरक्षाका लागि हतियारसहितका प्रहरी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार