काठमाडौं । सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ६ पुगेको छ । ४५ जना भन्दा धेरै सवार बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बस सडक भन्दा धेरै तल पुगेको बताइएको छ ।

भारतको झारखन्डको गढ़वा जिल्लामा भएको दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने अन्य ३९ जना गम्भीर घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार बस छत्तीसगढ़ देखि अंबिकापुरतर्फ गइरहेको थियो ।

हिजो राति गढ़वा देखि १४ किमी पर अनराज नावाडीह घाटी नजिकै अनियन्त्रित भएर बस दुर्घटनामा परेको हो । प्रहरी र स्थानीय प्रशासनको बलले क्रैनको मद्धतमा यात्रुको उद्धार गरेका छन् ।

सडकबाट खसेपछि बस एउटा रुखमा अडिएको कारण मृतकको संख्यामा ६ जना मात्रै भएको भन्दै रुखमा बस नअडिएको भए सबैको ज्यान जाने उनले जानकारी गराँएका छन् । दुर्घटनाका केही तस्वीर / News Source 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार