सत्ताधारी नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले कुमार पौडेल मुडभेडमा मारिएको भन्ने समाचार सत्य नभएको भन्दैं त्यहाँ उनको हत्या नै भएको बताएका छन् ।

पौडेलको हत्यारालाई कार्वाही गर्नुपर्छ भन्दैं पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले दोषीलाई कार्वाही नगरे देशमा दण्डहिनता बढेर जाने बताए ।

संसदीय कार्यसमितिको बैठकमा बोल्दै नेता शर्माले गृहमन्त्री र प्रहरी आइजीपी दुबैलाई गल्तीको ढाकछोप नगर्न चुनौती समेत दिए ।

जनार्दन शर्माले बैठकमा बोलेको भनाईको सानो अंश –

अब फेरीपनि हामी द्वन्द्वतिर होइन, शान्तितिर नै जानुपर्छ । राजनीतिक रुपले अर्को द्वन्द्वको सुरुवात हुनु हुदैन । संविधानले सबै ब्यवस्था गरिसक्दा पनि मुलुक फेरी द्वन्द्वको बाटोमा अघि बढनु हुँदैन । हामीसँग संविधान छ । यसको सरकार र हामी सबैले पालना गर्नुपर्छ । अहिले देखिएको समस्या भनेकै संबिधानको कार्यान्वन नगर्नु नै हो । सबै पक्षले इमान्दारिता पूर्वक संविधानको कार्यान्वन गर्नु नै ठूलो कुरा हो ।

पछिल्ला समयका घटनाक्रम हेर्दा जनताको मनोभावना बुझेर मात्रै कानुन बनाउनुपर्ने रहेछ भन्ने बुझिन्छ । जनसरोकारवालाको पनि सम्बन्ध हुनुपर्छ भन्ने पुष्टि भएको छ । गुठी बिधेयकको विषयमा नेवार समुदायले जुन सम्यमता देखायो, उसले शान्तिपूर्ण आन्दोलन गर्यो, त्यसले ठूलो द्वन्द्व हुन पाएन । हामी त्यो दुर्घटनाबाट बचेका छौँ । नाकाहरुमा कति गाडि आयो भन्ने त तपाईंहरुको पनि रेकर्ड होला । त्यहाँ घुसपैठ गरेर द्वन्द्व भड्काउन खोजिएको थियो । द्वन्द्व भड्काएर अहिलेको परिवर्तनलाई संस्थागत हुन नदिने समूहहरु सक्रिय छन् ।

हामीसँग संविधान भएपछि त्यसलाई नमान्ने समूहलाई संविधान अनुसार नै कारबाही गर्ने व्यवस्था छ । अहिले झन् हामीले विप्लव समूहलाई थप प्रतिबन्ध लगायौँ । प्रतिबन्ध लगाउन आवश्यक थियो कि थिएन ? मेरो विचारमा थिएन भन्ने हो । किनभने कानुनले अधिकार दिएकै थियो हामीलाई । त्यस्तो गतिबिधी गरेपछि, हतियार बोकेपछि त्यसलाई समात्ने अधिकार त अघिपछि पनि छँदै थियो ।

तर अहिले आएर घटनाहरु जसरी भइरहेका छन्, गृहमन्त्रीको जसरी रिर्पोट सुनियो । गृहमन्त्रीले तलबाट जे आयो त्यही नै प्रस्तुत गर्नुभयो म जान्दछु । तर कुरा के हो भने आजको दुनियाँ डिजिटलमा छ । आजको जनता धेरै सेचत भइसकेको अवस्थामा तथ्यहरुलाई बङग्याएर हैन, तथ्यहरु गल्ति भएको सच्याएर जानुपर्छ । त्यसले मात्रै शान्तिप्रक्रिया अघि बढाउँछ ।

अहिले प्रहरीमा अनुसन्धानमा, साधन स्रोतमा कमजोरी हैन, सबै जानकारी थाहा होला । आईजीसाबलाई कहाँ के गतिबिधी भइरहेको छ तुरुन्तै सुचना आउछ अहिले ? सबै उपकरण छ, को कहाँ बस्छ सबै थाहा हुन्छ । थोरै थाहा नहुने, जानकारी नहुने कुरा हो र ? प्रविधिले जानकारी गराँउछ त्यो समस्या हैन ।

प्रहरीले घटनालाई मुठभेड भनेर रिर्पोट दिएको छ तर जनताको पनि रिर्पोट छ । तथ्य छ, फोटाहरु छन्, त्यो फोटो त प्रहरीले दिएको हो । को थियो र त्यहाँ मुठभेडमा ? प्रहरीले दिएकै फोटो हेर्यो भने पाँचछ ठाँउ त हातै भाँचिएको देखिन्छ  । पहिला हात खुट्टा भाँचेर गोली हानेको अवस्था कसरी मुठभेड हुन सक्छ ? कि गोली हानेपछि भाँचियो त हातखुट्टा ? त्यसो त हैन । त्यसकारण यस्तो घटनाले बिद्रोह र जनतामा असन्तुष्टि आउँछ ।

यो हत्याले मैले हिजोको मेलगढी घटना सम्झे, जहाँ धनमाया, ललि रोकाको हत्या भएको थियो । विभिन्न अप्रेशनका नाममा मारिएको थियो । के फेरी त्यही घटना प्रबृतिलाई दोहोर्यान चाहन्छौँ ? त्यो मान्य हुँदैन त्यसो गर्न पाइदैन । प्रहरीले नियन्त्रणमा लिन सक्छ, संविधान अनुसार कारवाही गर्नुपर्छ । पाँच सय जना कार्यकर्ता त पक्राउ गर्नुभएको छ नि, त्यसमा हामीले प्रश्न उठाएका छौँ र ? त्यसलाई बार्तामार्फत अघि बढाउनुपर्छ । कमसेकम साधारण मानवअधिकारको त पालना त गर्नुपर्छ ।

हिजो प्रहरीले पनि त्यस्ता घटना नघटाइदिएको भए हामीसँग जनसमर्थन बढ्दैनथ्यो कि । त्यसैले प्रहरीले पनि द्वन्द्वलाई बढाउने काम गर्नुहुँदैन । यो घटनाको सत्यतथ्य छानविन र दोषीलाई कारवाही होस् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार