बझाङ–बझाङका २ वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ भने बुंगल नगरपालिका ११ को वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ ।

शुक्रबार जयपृथ्वी नगरपालिका ३ पडेस र मष्टा गाउँपालिका १ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको हो भने बुंगल नगरपालिका ११ को वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको हो  ।

जिआइ पाइपमा फिट गरेको अवस्थामा वडा कार्यालयमा शंकास्पद बस्तु भेटिएको स्थानीय शिक्षक रमेश बोहराले बताए ।

यस्तै आगजनी हुँदा जयपृथ्वी नगरपालिका ३ को वडा कार्यालयको ढोका र मष्टा गाउँपालिका १ को वडा कार्यालयको झ्याल जलेर क्षती भएको प्रहरीले जनाएको छ । त्यस्तै स्थानियले वडा कार्यालयमा शंकास्पद बस्तु राखेको खबर गरेपछि प्रहरी को टोली घटना स्थलतर्फ गएको बझाङका डीएसपी सूर्य बहादुर केसीले जानकारी दिए ।ratopati

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार