काठमाडौं । खानेपानी मन्त्री विना मगर उपस्थित कार्यक्रममा हंगामा भएको छ । पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र आउदै गर्नुभएकी खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई प्रतिपक्षी दल नेपाली कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन खोज्दा नेकपाका कार्यकर्ताले प्रतिकार गरेपछि स्थिति असमान्य भएको छ ।

दोहोरो झडपमा ४ जना कांग्रेस कार्यकता घाइते भएका छन् । धनगढीबाट निर्वाचन क्षेत्र आउदै गर्नुभएकी मन्त्री मगरलाई कालो झण्डा देखाउन पुनर्वास नगरपालिका १० डोकेबजार पुगेका नेपाली कांग्रेसका कार्यकर्ता र नेकपाका कार्यकर्ता बिच झडप भए पछि नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्याय , नेपाली कांग्रेस बेलौरी नगर सचिब बिक्रम चन्द, नेता हरेन्द्रसिह बिष्ट र कार्यकर्ता कृष्णबहादुर चन्द घाइते भएका छन् ।

घाइतेहरुको कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भइ रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बिना मगरलाई कालो झण्डा देखाउने कार्यक्रम तय भए पछि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार