काठमाडौ । केही हप्ता अगाडी नेपालमा शक्तिशाली भूकम्प आउँछ भन्दै हिँडेका ज्योतिष रिहा भएको केही दिन भएको छ । योबीचमा उनले फेरि आफ्नो पुरानो पेशा सुरु गरेका छन् ।
उनले आफुलाई फेश रिडरको रुपमा चिनाउँदै आएका छन् । उनलाई अहिले धेरैले ठग भन्दै आएका छन् भने केही विश्वास गर्नेहरु पनि छन् । सामाजिक सञ्जाल फेसबुकमा झण्डै ६० हजार फ्लोअर भएका अर्जुन फेसबुकमा लाइभ आएर मान्छेहरुको अनुहार हेरेर भुत, भविष्य र वर्तमान बताउने गर्छन ।
उनले भनेका धेरै कुराहरु मिल्ने गरेको कतिपयको बुझाई रहेको छ । क्षेत्रीले पश्चिम नेपालमा ठुलो विपद् आउँने र भकम्प आउँने भनेर गरेका कुराहरुको अनुमान पुर्ण रुपमा सत्य नभएको भए पनि कैलाली–कञ्चनपुरमा हावाहुरी र बझाङ, मुगु लगायतका जिल्लाहरुमा सानासाना भुकम्पका धक्का महसुस भएको कुरा पनि सत्य नै हो भन्दै भक्त बन्न खोज्नेहरुपनि छन् ।
यही क्रमसँगै उनले आज देखि फेरि कार्यक्रम शतमार्ग सुरु गरेका छन् । उनी बेलुका ६ बजेदेखि फेसबुकमा लाइभ आएर भिडियो कलमार्फत आफ्नो कला देखाउँने गर्छन ।







