
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कुमार पौडेलको हत्यारालाई बदला लिइ छाड्ने प्रण गरेका छन् ।
पौडेल हत्याको विरोधमा आयोजित नेपालबन्द सकिएपछि पार्टी केन्द्रको तर्फबाट जारी प्रेस विज्ञेप्तीमा विप्लवले राष्टवादी, देशभक्त शक्तिहरुसँग मिलेर यो देशका दलालहरुलाई निस्तेज पार्ने चेतावनी समेत दिएका छन् ।
नेपाल बन्दको दिन बेलुका प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले बन्द सफल बनाउने देशभक्त, वामपन्थी शक्ति, क्रान्तिकारी शक्ति, प्रगतिशील पक्ष, पार्टी पङ्क्ति र जनता सबैलाई धन्यवाद दिएका छन् । साथै विप्लवले आफ्नो पार्टीप्रति जनलहर बढिरहेका कारण अत्तालिएको सरकार क्रान्तिकारी पार्टीमाथि दमनमा उत्रिएको बताएका छन् ।
साथै वली सरकारले राष्ट्रघात र जनघातमा यस अघिका सरकारलाई पनि उछिनेको छ भन्दै विप्लवले आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्द सफल बनाउन सहयोग गर्ने देशभक्त, राष्ट्रवादी, क्रान्तिकारी शक्ति, जनता र आम पार्टी पङ्क्तिलाई धन्यवाद दिएका छन् ।
विज्ञप्तिको पूर्णपाठ….








