काठमाडौं, २५ फागुन । जाडो मौसम कम हुँदै गर्मी सुरु हुने समय हो यो । यस्तो बेलामा झाडापखाला, जन्डिस, टाइफाइड जस्ता संक्रमणहरुले सहजै रुपमै सताउन सक्छ ।

यी रोगहरुबाट बच्न र लागि हालेमा उपचार कसरी गर्न सकिन्छ भन्ने जानकारी यहाँ दिएका छौं; झाडापखालाः जथाभावी पानी पिउँदा तथा बासी तथा सडेगलेको खाँदा झाडापखालाले सताउने गर्छ । झाडापखालाले मानिसलाई जलवियोजन गराई रोग प्रतिरोधात्मक क्षमतामा समेत असर गर्छ ।  यदि खानेकुरामा ध्यान नदिने हो भने आउँको समेत समस्या उत्पन्न हुन्छ ।

जलवियोजनका लक्षण  धेरै तिर्खा लाग्ने, छटपटी हुने आँखा गढेको देखिने पेटको छाला तानेर हेर्दा हतपत नफर्किने बच्चालाई झोल पदार्थ पिउनमा समस्या हुने बच्चा बेहोससम्म हुन सक्ने दुई हप्ताभन्दा लामो समयसम्म झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला (क्रोनिक डायरिया) भनिन्छ । त्यसमा चिकित्सकको सल्लाह लिएर औषधि खुवाउनुपर्छ ।

जन्डिस

जाडो महिना सकिएर गर्मी सुरु हुँदा देखिने अर्को संक्रमण भनेको जन्डिसको समस्या हो । जन्डिसले कलेजोलाई असर पार्छ । गर्भवती महिलालाई जन्डिस भएमा सबैभन्दा बढी खतरा मानिन्छ । कलेजो रोग विशेषज्ञ प्रा.डा. अनिल मिश्रका अनुसार शरीरमा हुने पहेँलोपनको मात्रा बढ्नु नै जन्डिस हो । दूषित पानी सेवनका कारण जन्डिस लाग्ने मिश्र बताउँछन् ।

लक्षण शरीर पहेंलो हुँदै जाने,

वाकवाकी लाग्ने,

खान मन नलाग्ने,

दायाँ कोखा भारी हुँदै जानेजस्ता लक्षण देखा पर्छन् ।

टाइफाइड

दूषित पानी र खानपानमा हुने असरका कारण देखिने अर्को रोग भनेको टाइफाइड हो । जहाँ पायो त्यहाँको पानी नउमाली पिउने, सहरका गल्लीमा बनाइएका खाना जथाभावी खाने र सफापानीले नपखाली फलफूल खाने गर्दा टाइफाइडको सम्भावना बढी हुन्छ । असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्छ । आन्द्रामा ज्वरो आउने समस्याका कारण टाइफाइड हुने हुँदा यसलाई ‘आन्द्राबाट आउने ज्वरो’ पनि भनिन्छ ।

टाइफाइडका लक्षण

ज्वरो आउने

जिउ दुख्ने

पेट दुख्ने दुई हप्ता कटेपछि कलेजो, फियो बढ्ने कडा खालको टाइफाइड भएर लामो समयसम्म रहेमा आन्द्रालाई प्वाल पार्ने सम्भावना

यी रोगबाट बच्न शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका सुझाब यस्तो छः

सफा साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने

सधैँ उमालेको शुद्ध पानी मात्र पिउने बासी खानेकुरा नखाने

घरबाहिरबाट आएपछि, शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने

बाटो छेउमा अव्यवस्थित रूपमा बनाइएका खाना नखाने

फोहोर र झिँगा भन्केका खानेकुरा नखाने

नपाकेको मासु, खानालगायत खानेकुरा नखाने

फलफूललाई सफा पानीले धोएर खाने

खानेकुरालाई राम्ररी छोपेर राख्ने सकेसम्म ताजा खाना खाने

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार