काठमाडौं । अंगुर मिठो फलफूल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन ।

अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । अंगुरले धरै रोगबाट जोगाउँछ । यहाँ त्यस्ता रोगको चर्चा गरिएको छ, जसलाई अंगुरले हटाउँछ ।

माइग्रेन

माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ ।

रक्ताल्पता

शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ ।

हृदयघात

हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुस् ।

क्यान्सर

अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

रक्तस्राव

शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।

फोकाफोकी

अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि अंगुर सहायक हुन्छ ।

एजेन्सी

https://youtu.be/9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार