काठमाडौं । आज बिहानै देखि अवरुद्ध भएको राजमार्ग सञ्चालमा आएको छ ।
लेदो माटो हटाएपछि पृथ्वी राजमार्गमा गाडी चल्न थालेका हुन् । झण्डै ६ घण्टा लगाएर राजमार्गमा खसेको लेदो माटो हटाएपछि अहिले गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
तपाईलाई जानकारी गराउँ ६ घण्टासम्म सयौँ गाडी बाटोमै रोकिएकाले अहिले दुवैतर्फ चापमा गाडी गुडिरहेका छन् ।
अहिले गजुरीदेखि गल्छी सिम्लेसम्म चापमा चलिरहेको प्रहरीले बताएको छ ।
आज बिहान रागमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ महेश दोभानमा लेदो माटो खसेपछि सडक अवरुद्द भएपछि हजारौं यात्रु अलपत्रमा परेका थिए ।







