काठमाडौं । विमान दुर्घटनामा पर्दा २ जनाको ज्यान गएको छ । रुसको साइबेरियामा आज अवतरणका क्रममा अनियन्त्रित भएर एउटा सानो यात्रुबाहक विमान दुर्घटनाग्रस्त भएको हो ।

बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको जानकारी दिइएको छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्ने क्रममा बिमान दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो । उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको बताइएको छ । आपतकालीन अवतरण गरेको बिमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा पनि ठक्कर दिएको थियो ।

बिमानका चालक दलका दुबै सदस्यको मृत्यु भए पनि बिमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बिमानमा तत्कालै आगलागी पनि भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा आवश्यक थप अनुसन्धान अगाडी बढाएको छ । एएफपी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार