काठमाडौं । निजामती कर्मचारीका लागि सरकारले महत्वपुर्ण सार्वजनिक सूचना जारी गरेको छ ।

सरकारले कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन अनुरोध गरेको हो । यही साउन १ गते देखि भदौ २८ सम्म कार्यालय समयमा निजामती किताबखाना हरिहर भवन पुल्चोकमा बुझाउन भनिएको छ ।

सम्पत्ति विवरण विदामा बसेका कर्मचारी, निलम्बनमा परेका र २०७५–७६ सालमा सेवा निवृत्त भएकाले समेत अनिवार्य बुझाउनु पर्ने भनिएको छ । सम्पत्ति विवरण हुलाक, कुरियरबाट पनि पठाउन सकिने किताबखानाले जनाएको छ ।

सम्पत्ति विवरण निजामती किताबखानामा दर्ता भएपछि एसएमएसबाटै थाहा पाउने व्यवस्था पनि गरेको छ । जानकारी तल राखिएको छ सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार