काठमाडौ । कञ्चनपुरमा खेतमा धान रोप्दा रोप्दै महिलाको ज्यान गएको छ । बिद्युत प्रबिधिकरणको चरम लापरबाहीका कारण खेतमा धान रोप्दा रोप्दै पोलको तार घाँटीमा खस्यो ।
खेतमा रोपाइमा ब्यस्त रहेकी महिलालाई के थाहा त्यो विपद आइलाग्ला भन्न । तर विद्युत प्रबिधिकरणको चरम लापरबाहीले महिलाले अकालमै ज्यान गुमाउनु परेको छ। कन्चनपुरको भीमदत्त नगरपालिका ५ कि बिरुवा अम्बोटेकि दुर्गा बुढाथोको खेतमा रोपाइ गर्न जादा करेण्ट लागेर मृत्यु भएको हो ।
उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा फैलिरहेको छ । यो नेपाल बिधुत प्राधिकरणको चरम लापरबाहीको कारण सामाजिक सञ्जालमा बिरोध भइरहेको छ । खेतमा रोप्दा रोप्दै बिद्युतको पोल सहित तार चुडिएर महिलाको ज्यान गुमाउनु भएको हो । दोषी निकायलाइ कडा भन्दा कडा कारबाही भन्दै विभिन्न कमेण्ट आइरहेका छन् ।







