काठमाडौ । मोरङ, उर्लाबारी–५ स्कुलडाँडाका १३ वर्षीय निश्चल काफ्लेले ब्याट्रीको सहयोगमा विभिन्न सामग्री बनाएपछि स्थानीय वासिन्दा आश्चार्यमा परेका छन् । उनले सानैदेखि ब्याट्रीको सहयोगमा सञ्चालन हुने विभिन्न सामग्रीहरु बनाएका छन् ।
उर्लाबारीस्थित सप्तकोशी अंग्रेजी आवासीय माविमा कक्षा–६ मा अध्ययनरत ती बालकले ब्याट्रीको सहयोगमा बस, जीप, टर्चलाइट, पंखा, वयल गाडी लगायतका सामग्री बनाउँदैआएका छन् । उनले भविष्यमा इन्जिनियर पढ्ने लक्ष्य लिएका छन् भने अभिभावकले पनि त्यसमा साथ दिने बताएका छन् ।







