काठमाडौ । राम्रो गर्नेलाई जनताले साथ दिन्छन् । यो नेपाली जनताकोपनि आदत हो । नियम मिचेर सडकमै गाडी रोक्ने गृहका हाकिमलाइ समात्ने ट्राफिक प्रहरी सडकमै जनताबाट सम्मानित भएका छन्। ट्राफिक प्रहरीले सडकमा रोकिएको गृह मन्त्रालयका सह(सचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले प्रयोग गर्ने सरकारी गाडीलाई कारवाही गरेका थिए।

सिंहदरबारको पूर्वी गेट अगाडिको सडकमा अनाधिकृत रुपमा पार्किङ गरेर गाडी राखिएको सरकारी गाडीलाई लक हालेर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी जवानले कारवाही गरेका थिए। बा २ झ ४३८८ नम्बरको सरकारी गाडीमा लक लगाएपछि गृहका कर्मचारीको हप्कीदप्की पनि खेपेका टीकाराम बुढा र जवान कमलेश कुमारले एक हजार रूपैयाँ जरिवाना तिराएर मात्रै छाडेका थिए। गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुवेदीसहिका कर्मचारी पार्किङ निषेध गरिएको स्थानमा सरकारी गाडी राखेर खाना खान होटल छिरेका थिए ।

त्यही बेला प्रहरीले उनको गाडीमा लक लगाएको थियो । गृहकै हाकिमको गाडीमाथि कारवाही गरेर चर्चित भएका ती ट्राफिक प्रहरीलाई युवाहरुले वान ह्वान्ड्रेड्स नामको ग्रुपका सदस्यसहितका युवाले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

ती ट्राफिकले ह्वील लक गरेपछि गृहका कर्मचारीले कारवाही गर्ने भन्दै धम्क्याएका थिए। ट्राफिक प्रहरीले गाडी लक गरेपछि चालकसहित आएर ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न भनेका थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार