काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटबार्ता भएको छ। अर्का नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज बृक्षरोपणमा ब्यस्त भएका बेला बिहानकै समयमा देउवा र प्रचण्डबीच भेटबार्ता भएको छ ।

शनिवार बिहान दुबै नेताबीच ललितपुरको होटल समिटमा भएको भेटवार्तामा द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउनने बिषयमा छलफल भएको वताइएको छ। भेटवार्तामा उनीहरुबीच अन्य राजनीतिक छलफल पनि भएको बुझिएको छ।

चितवनमा केही दिन अगाडि आयोजित एक कार्यक्रममा प्र्चण्डले केही राजनीतिक मुद्दामा कांग्रेससँग मिलेर जानुपर्ने कुरा वताएका थिए। दुबै नेताबीच भएको छलफलमा बिप्लब नेकपालाई मुलधारको राजनीतिमा ल्याउन वार्ता नै माध्यम बनाएर हिंसाको राजनीतिलाई अन्त्य गर्नुपर्ने कुरामा जोड भएको स्रोतले जनायो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार