पत्रकारको नाकको डाँडी चाच्न एक करोड रुपैया छुट्याएको छु, तपाईलाई लोपारीदिन्छु भन्दै अभिब्यक्ति दिएर चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्धारीकालाल चौधरीको अर्काे कडा भाषाण सार्वजनिक भएको छ ।
महिलालाई समेत अपमान हुने शब्द बोलेकाकारण उनले केही दिन अघि सार्वजनिक माफि समेत मागेका थिए । भ्रष्टाचार विरुद्ध सचेतना कार्यक्रममा सम्बोधन गर्दै चौधरीले राजनीतिक दलका नेताहरु भ्रष्ट भएको आरोप लगाए । उनले आफु भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताका साथ लाग्ने बताउँदै भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने बताए । पथरी शनिश्चरेमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मेयर चौधरीले राजनीतिमा लागेकाहरु नै भ्रष्ट भएकाले जनताको मन जित्न नसकेको बताए ।

सांसदहरुमा देखिएको पजेरो मोह, विलासी जिवनको चाहनाले भ्रष्ट भएको बताए । उनले सांसदलाई प्राडो र मेयरलाई डोजर भनेर जनताले भन्न थालेको बताए । पहाडमा मेयर, वडाअध्यक्षहरुले आफै डोजर किन्ने र आफै ठेकेदार हुने गरेका कारण आफुलाई लज्जाबोध हुन थालेको थालेको बताए ।
उनले प्रादेशिक सरकार, संघिय सरकारका मन्त्री, प्रधानमन्त्री र सांसद तथा स्थानिय तहका जनप्रतिनिधिहरुलाई आह्वान गर्दै उनले भने जनताको पक्षमा काम गरौं । उनले दुई वर्षमा भएका गल्ती सच्याउन तिन वर्ष बाँकी भएको बताए ।
उनले जनप्रतिनिधिले चाहना राखे भ्रष्टाचार उन्मुलन सम्भव भएको बताए । उनले आफैवाट त्यसको सुरुवात गर्न आह्वान गरे । आफु पार्टी सदस्य भएको कमिटिका एक ब्यक्ति १८ वर्ष देखि खानेपानी समितिको सदस्य भएको बताए । उनले भने त्यसमा के स्वार्थ छ ? उनले नगरपालिका भित्र भएका भ्रष्टाचारीलाई गलहत्याउँदा आतंकित भएको बताए । उनले भ्रष्टाचारी र अरु केही ब्यक्तिबीच लैलामजनुको जस्तो सम्बन्ध भएको बताए ।
नगरपालिकाको भ्रष्ट कर्मचारीलाई निकाल्दा अरुलाई किन दुख्यो ? यसमा लैलामजनुको सम्बन्ध रहेछ । भ्रष्टाचारीको कठालो समाएको त उसलाई त मजाले हल्लाएछ । उनले फेरी भने भ्रष्टाचारीलाई छोडिदैन, तिनीहरुलाई जेल पठाइन्छ ।
उनले पार्टीले नियुक्त गरेका कर्मचारीवाट पार्टीकै नेताले १० प्रतिशत कमिशन खाने गरेको बताए । उनले ठेक्का पट्टाको कमिशनमा केही मन्त्रीले नै १० प्रतिशत कमिशन खाने गरेको बताए । उनले केही दिनमा त्यस्ता मन्त्रीको नाम सार्वजनिक गर्ने चेतावनी दिए । त्यस्तालाई मिस्टर १० प्रसेन्ट भन्ने टिप्पणी गर्दै मेयरले भने म केही दिनमा सार्वजनिक गर्छु को हुन् मिष्टर १० प्रसेन्ट मन्त्री ?
https://youtu.be/ImjbJ-WkD3E







