वैशाख २३ मा  नयाँ शक्ति नेपालले समाजवादी पार्टी नेपालसँग एकीकरण गरेपछि अभिनेत्री करिश्मा मानन्धरले आफू नयाँ शक्ति नेपालमा आबद्ध नभएको जानकारी दिएकी थिइन्। उनले आफू अब स्वतन्त्र भएर लागिपर्ने तर कसैको बाँसुरी नबजाउने अभिव्यक्ति दिएकी थिइन्। सञ्चारमाध्यममा उनले नयाँ शक्तिसँग आबद्ध नभएको समाचार सार्वजनिक भए।

त्यसपछि जेठ १५ गते गणतन्त्रको दिन उनले फेसबुकमा स्टाटस लेखिन्, ‘अब म बोल्छु।’ त्यसपछि अभिनेत्रीले पार्टी छोड्नुको कारण र नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको असन्तुष्टिको बारेमा खुलेर कुरा गरेकी छन्।

असार १२ गते भएको एसईइको नतिजा पछि युट्यूब च्यानल ‘क्यानडा नेपाल’ ले गरेको अन्तर्वार्तामा उनले खुलेर कुरा गरेकी छन्। शनिबार मात्र उनले छायंकनको तस्बिर राख्दै कसैलाई खुसी पार्न फुलबुट्टा भरेर नबोल्ने बताएकी छन्।

त्यसपछि अहिले बनेको सामाजवादी पार्टी नेपालका संघीय अध्यक्ष भट्टराईका सहयोगी विश्वदीप पाण्डेले यसबारे स्पष्ट पारेका छन्। उनले दुई वर्षदेखि पढाइको बहाना बनाई टाढिन खोजेको भन्दै पद नपाएर पार्टी छोडेको बताएका छन्। उनले करिश्मासँगको फोटो समेत राखेर लामो स्टाटस लेख्दै डा भट्टराईको बचाउ गरेका छन्। उनको स्टाटस यस्तो छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार