मुम्बई । बलिउड अभिनेता अर्जुन कपूर र मलाइका अरोड़ा अहिले न्यूयोर्कमा विदा मनाइरहेका छन् । उनीहरुले आफ्ना तस्वीरहरु सेयर गरिरहेका छन् । उनीहरुका तस्वीर साझा भएपछि उनिहरुको बीचको प्रेम सम्बन्ध पनि दर्शिएको छ । हालै अर्जुनले एउटा तस्वीर इन्टाग्राममा सेयर गरेका थिए ।
यस तस्वीरलाई हेर्दा उनिहरुको प्रेम सम्बन्ध गहिरो हुँदै गएको छ भन्ने प्रष्ट भएको छ । उनीहरु चाँडै विवाह बन्धनमा बाँधिन सक्ने पनि जनाइएको छ । उनले एउटा तस्वीर सेयर गरेका छन् जसमा मलाइकाको दिल जस्तो देखिएको छ ।
यस तस्वीर राख्दै अर्जुनले लेखेका छन्, ‘यो सँग मेरो दिल छ । साँच्चै ।’ यसमा तस्वीर प्रष्ट नभएको भए पनि यो उनकै तस्वीर हो भन्ने कुरा अनुमान गर्न गाह्रो हुँदैन । अर्जुनसँगै मलाइकाले पनि एउटा तस्वीर साझा गरेकी छिन् ।







