बिराटनगर । आज सेफ्टी ट्यांकीभित्रै ४ जनाको दुखद ज्यान गएको छ । मोरङको डायनियामा निर्धाणाधीन सेफ्टी ट्यांकीमा अक्सिजन दनपुगेर चार जनाको मृत्यु भएको हो ।

सुनवर्षी नगरपालिका ९ डायनियास्थित मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए । उनीहरु मध्ये फिराज आलम, सहनवाद, कपिल आलम र मोहम्मद आलमको मृत्यु भएको छ ।

दाउल मियाको भने गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार