काठमाडौं । मदागास्करको एउटा रंगशालामा स्वाधिनता दिवस मनाउने क्रममा अचानक भागदौड मच्चिँदा किचिएर कम्तिमा १६ जना मानिसको ज्यान गएको छ ।

स्थानिय निकायले परेड पछि मानिसहरु रंगशालाबाट निस्नन खोज्दा प्रहरीले त्यहाँ बाहिरिने ढोकाहरु बन्द गरिदिएकाले सो अप्रिय घटना घटेको बताएको छ । राजधानी एन्टानानारिभोमा भएको यस घटनामा अन्य दर्जनौं व्यक्ति घाइते भएका छन् ।

तपाईलाई जानकारी गराउँ गत वर्षको सेप्टेम्वरमा सोही रंगशालामा एउटा फुटवल म्याच भइरहेकोबला भिडले किचिएर एक व्यक्तिको ज्यान जानुका साथै अन्य तीसजना भन्दा बढि घाइते भएका थिए । विहिवारको घटनामा सैनिक परेड र कन्सर्ट हेर्न त्यहाँ हजारौं मानिसको भिड लागेको थियो ।

प्रत्यक्षदर्शहरुका अनुसार थुप्रै गेटहरु तत्काल बन्द गरिँदा र प्रहरीले भिडलाई रोक्न खोज्दा सो घटना घटेको हो । राष्ट्रपति एन्ड्री राजोलिना ले अस्पतालमा पुगेर घाइतेहरुको स्थिती बुझेका छन् । साथै उनले तिनीहरुको उपचारको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने बताएका छन् ।

यस दुर्घटना सम्बन्धी विस्तृत विवरण अझै स्पष्ट भइसकेको छैन । यस्तै, गाम्बियाको २३ वर्षीया पूर्वब्युटि क्विन फातोउ ‘तोउफाह’ ज्याल्लोले कार्यकालमै रहेको अवस्थामा गाम्बियाका पूर्वराष्ट्रपति याहया जाम्मेहले आफूलाई बलात्कार गरेको सार्वजनिक गरेकी छिन् ।

जाम्मेहविरुद्धको अर्को बलात्कारको अभियोग बारे साक्षी बस्ने हिसाबले र्युमन राइट्स वाच र ट्रायल इन्टरनेसनलका लागि बयान दिने क्रममा उनले सो आरोप लगाएकी हुन् ।

बीबीसीले हाल इक्वेटोरियल गिनियामा निर्वासित जीवन बिताउँदै आएका जाम्मेहसंग सो अभियोग सम्बन्धमा सोधपुछ गर्न सम्पर्क राख्ने प्रयास गरेको छ । तर उनको एपीआरसी पार्टीका प्रवक्ताले उनीविरुद्ध लगाइएका आरोपहरु अस्वीकार गरेका छन् ।

बीबीसीलाई लिखित बयान दिने क्रममा प्रवक्ता ओउसम्यान र्याम्बो जात्ताले भने, ‘हामी एउटा राजनीतिक पार्टी र गाम्बियाली जनताको हैसियतले हाम्रा पूर्वराष्ट्रपतिविरुद्ध लगाइएका अनावश्यक अभियोगबाट वाक्कदिक्क भइसक्यौं ।

पूर्वराष्ट्रपतिसंग झुठा कुरा बारे प्रतिक्रिया दिइरहने फुर्सद छैन ।’ उनले भगवानसंग डराउने उनी गाम्बियाली महिलालाई सम्मान गर्नबाहेक अरू नजानेको बताइएको ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार