काठमाडौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यले नेपालको राजधानी काठमाडौमा चमत्कारीक परिवर्तन आएको दावी गर्नुभएको छ ।
कार्यक्रममा उहाँले म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसंख्या मास्क लाएर हिँड्थे, तर अहिले धुलो देखिँदैन के यो परिवर्तन हैन भन्दै प्रश्न गर्नुभएको छ । उहाँले दसैंसम्म सरकारले जनताले चाहेअनुसारका काम गर्ने भन्दै त्यसपछि आलोचना हुने दिन नआउने बताउनुभयो ।
अहिले सरकार काममा व्यस्त भएको र त्यसबारे जानकारी गराउन नपाउँदा सरकारको आलोचना भइरहेको भन्दै दसैंंसम्म आलोचना गर्ने ठाउँ नै बाँकी नरहने उहाँको भनाई थियो ।
‘म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसंख्या मास्क लाएर हिँड्थे, अहिले मास्क लगाउने कोही नै देखिँदैन,’ ओलीले भन्नुभयो । हजार किलोमिटरभन्दा बढी सडक स्तरोन्नति भएकोे दाबी पनि उहाँको छ ।
सरकारले द्रुत गतिमा काम गरिरहेको दाबी गर्दै उहाँले भन्नुभयो ‘गएको वर्ष र अहिले दाँजेर हेर्नुहोस्।’ उहाँले एक वर्षमा मुलुकभर चार सय झोलंगे पुल बनेको र इतिहासमै सबैभन्दा बढी बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको दाबी गर्नुभयो ।
साथै एक वर्ष थुप्रै कानुन निर्माण र संशोधन तथा संघीयताअनुसारका पूर्वाधार तयारीमै खर्च भएको बताउनुभयो । ओलीका अनुसार यो वर्ष संघीयता कार्यान्वयनको आधार वर्ष हो ।
भन्नुभयो सरकारले राम्रो काम गर्दै आएको र आगामी आर्थिक वर्षमा नयाँ उत्साहका साथ अघि बढ्नेछ । ओलीले पार्टी एकीकरणका बाँकी काम असारभित्र भइसक्ने जानकारी दिनुभयो । ‘एकतामा भएको ढिलाइबाट केही आंशका उब्जिएको र त्यसैलाई लिएर खिसिट्युरीसमेत भयो तर आर्थिक वर्षको समाप्तिसँगै एकीकरणको काम पूरा हुनेछ’, सबै ढुक्क भए हुन्छ ।







